मानसिक रोग विभाग
मानसिक रोग विभाग
- मानसिक, भावनात्मक र व्यवहारसम्बन्धी समस्या भएका बिरामीलाई समग्र सेवा र परामर्श प्रदान गर्ने।
- मानसिक रोगको निदान र उपचार गर्ने।
- मनोचिकित्सा परामर्श: व्यक्तिगत, परिवार, वा समूह परामर्श मार्फत मानसिक समस्याको समाधान, संज्ञानात्मक व्यवहार थेरापी र अन्य विधिको प्रयोग गर्ने।
- औषधि उपचार: मानसिक रोगहरूमा प्रयोग हुने औषधिको प्रभाव र दुष्प्रभावको नियमित अनुगमन गर्ने।
- लागूपदार्थ, मदिरा, र अन्य लतबाट प्रभावित व्यक्तिको उपचार, पुनर्स्थापना र लत नियन्त्रणका लागि विशेष कार्यक्रम गर्ने।
- आपतकालीन मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने।
- मानसिक स्वास्थ्य शिक्षा: समुदायमा मानसिक स्वास्थ्यप्रतिको जागरुकता फैलाउने, मानसिक समस्या पहिचान र रोकथामका उपायहरूबारे जानकारी दिन कार्यक्रम आयोजना गर्ने।
- पुनर्स्थापनामूलक सेवा: मानसिक रोगबाट निको भएका बिरामीलाई पुनःसामाजिक जीवनमा फर्काउन सहयोग गर्ने।
- गोपनीयता र सम्मानसहित बिरामीको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने।
- बहुविषयगत टोलीद्वारा मानसिक, सामाजिक, र व्यवहारगत समस्याको समाधान गर्ने।