स्त्री तथा प्रसुति रोग विभाग
Powered by
riri one
स्त्री तथा प्रसुति रोग विभाग
-
महिलाको प्रजनन स्वास्थ्य, गर्भावस्था र प्रसुति व्यवस्थापन गर्ने। महिलाको स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्दै सुरक्षित मातृत्व सुनिश्चित गर्ने।
-
गर्भावस्थामा महिलाको नियमित स्वास्थ्य जाँच, अल्ट्रासाउन्ड, रक्त परीक्षण र अन्य आवश्यक जाँचहरू, गर्भावस्थाको दौरान पोषण, व्यायाम र औषधिसम्बन्धी परामर्श गर्ने।
-
प्रसूति व्यवस्थापन: सुरक्षित डेलिभरीका लागि आवश्यक सेवा, सामान्य डेलिभरी र सिजेरियन सेक्शन (C-section) शल्यक्रियाको व्यवस्था, डेलिभरीपछि आमाको स्वास्थ्य सुधारका लागि विशेष हेरचाह गर्ने।
-
महिलाको प्रजनन रोगहरूको उपचार समस्या समाधान र उपचार गर्ने।
-
पाठेघर सम्बन्धि क्यान्सरहरुको पहिचान गर्ने, परीक्षण, पहिचानका लागि नियमित परीक्षण, क्यान्सरको प्रारम्भिक अवस्था उपचार र प्रेषण गर्ने।
-
असुरक्षित गर्भपतन रोक्न सुरक्षित गर्भपतन सेवा, गर्भपतनपछि महिलाको स्वास्थ्य सुधारका लागि आवश्यक हेरचाह गर्ने।
-
गर्भावस्था सम्बन्धी जटिल अवस्थाहरूको व्यवस्थापन गर्ने।
-
मासिक रुपमा Reporting and rewarding गर्ने।
-
महिलाहरूलाई महिनावारी, गर्भनिरोध, र सुरक्षित मातृत्वबारे जानकारी प्रदान गर्ने, ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य सुधारका लागि विशेष कार्यक्रम, महिलालाई मानसिक, शारीरिक, र सामाजिक समस्यामा परामर्श प्रदान गर्ने।