​​​​​​​बालरोग विभाग

बालरोग विभाग 

 

  • नवजात शिशु, बालबालिका, र किशोरहरूको स्वास्थ्य समस्याको निदान, उपचार, र रोकथाम गर्ने।
  • जन्मजात समस्या पहिचान र समाधान, शिशुहरूका लागि आवश्यक पोषण, स्वास्थ्य जाँच, र परामर्श सेवा प्रदान गर्ने।
  • कुपोषणको उपचार र स्वस्थ पोषणसम्बन्धी सल्लाह, बच्चाहरूको शारीरिक विकास मापन र पोषण स्थिति सुधार गर्ने।
  • खोप सेवा प्रदनन गर्न योजना निर्माण र कार्यान्वयन गर्ने।
  • दीर्घकालीन रोगहरूको व्यवस्थापन गर्ने।
  • मानसिक र भावनात्मक स्वास्थ्य विकासबारे परामर्श गर्ने।
  • दुर्घटना, जटिल रोग, वा आपतकालीन अवस्थाहरूको तत्काल उपचार, बिरामी बच्चाहरूलाई जीवनरक्षक सेवा उपलब्ध गराउने।
  • अभिभावकहरूलाई बच्चाको स्वास्थ्य, पोषण, र रोगबाट बचाउने उपायहरूबारे शिक्षित गर्ने, विद्यालयमा स्वास्थ्य जाँच अभियान सञ्चालन, बालबालिकालाई रोग फैलावटबाट जोगाउन आवश्यक जनचेतना फैलाउने।
  • बालरोग विभागले बालबालिकाको समग्र स्वास्थ्य सुधारमा ध्यान दिने।
  • Play therapy संचालन गरी उपचार प्रणालीमा अन्तरक्रिया गराउने