विपन्न नागरिक उपचार एकाई
राज्यले नागरिकलाई स्वस्थ बनाउन, जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्न, गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्न, विपन्न नागरिकलाई सम्बन्धित स्थानीय तहबाट गरिएको सिफारिसका आधारमा नेपाल सरकारले तोके बमोजिम सेवामा विपन्न नागरिक उपचार कार्यक्रम सञ्चालनमा ल्याइएको हो। हाल यस अस्पतालमा हेड इन्जुरी, स्पाइनल इन्जुरी, कार्डियो, हेमोडाइलासिस जस्ता कडा रोगमा विपन्न नागरिक उपचार कार्यक्रम सञ्चालनमा रहेको छ।