सामाजिक सेवा ईकाई (कोठा न. २७)

लक्षित समूहका विरामीहरुलाई स्वास्थ्य सेवामा समतामुलक पहुँच एवं उपयोग अभिवृद्धि गर्ने, निःशुल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञ सेवाहरु उपलब्ध गराउने, स्वास्थ्य विमा, विपन्न नागरिक उपचार कोष लगायत सबै स्वास्थ्य सुरक्षा कार्यक्रमहरुको संयोजन तथा सहजिकरण गर्ने उदेश्यले यस अस्पतालमा सामाजिक सेवा ईकाई गठन गरिएको हो।